जेठ ०१, २०८१, मंगलबार
               

राप्रपाले भोलि काठमाडौंमा विरोध प्रदर्शन गर्ने

नेपाल फ्ल्यास
पुस १६, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (पुस १७ गते) काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र तीब्र गतिमा भइरहेको धर्म परिवर्तन रोक्न माग गर्दै राप्रपाले प्रदर्शन गर्न लागेको हो ।

राप्रपाले हिन्दु सापेक्ष राज्य र राजतन्त्र पुनर्थापनाको माग गर्दै आएको छ ।

यस्तै, राप्रपाले २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन समेत माग गरेको छ ।

प्रदर्शनका क्रममा राप्रपाले आरक्षणबाट बञ्चित रहेका तर आर्थिक रुपमा विपन्न ‘अन्य समूदाय’ लाई १० प्रतिशत आरक्षण दिन माग गर्ने भएको छ ।

यो पनि