जेठ ०१, २०८१, मंगलबार
               

यसकारण विद्यमान समस्या उत्पन्न भएको हो : पशुपति शमशेर जबरा

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले मुलकमा विद्यमान समस्याको प्रमुख कारण दलीय प्रतिनिधि राष्ट्रपति हुने व्यवस्था भएको टिप्पणी गरेका छन् ।

उनले राष्ट्रप्रमुखको व्यवस्था फेरि उक्त पदमा राजसंस्थालाई आलंकारकि रुपमा पुनस्र्थापना गर्नु पर्ने धारणा अघि सारेका छन् ।

‘मलुकमा व्यवस्था सुधार गर्न, हिन्दूराष्ट्र पुनःस्थापना गर्न र राजसंस्थालाई आलङ्कारिक रुपमा राष्ट्रप्रमुख पुनःस्थापना गर्नु आवश्यक भएको छ,’ अध्यक्ष राणाले बिहीबार भिडियो सन्देश जारी गर्दै भनेका छन् ।

उनले यही उद्देश्य प्राप्त गर्न राप्रपाले पुस १७ गते काठमाडौंमा विशाल जनप्रदर्शनको आयोजना गरेको समेत जानकारी दिए ।

राप्रपाले राजसंस्था र हिन्दूराष्ट्र पूनस्र्थापना, गोलमेच सम्मेलन, भ्रष्टाचार नियन्त्रण, तीन तहको अव्यवहारिक कर खारेजी, महिला हिंसा र छुवाछुतको अन्त्य, वञ्चित र विपन्नलाई आरक्षण, कोभिड व्यवस्थापन लगायतका माग राख्दै सडक प्रदर्शन गर्दै आएको छ

शुक्रबार ११ बजे भृकुटीमण्डपबाट आरम्भ हुने जनप्रदर्शनमा सहभागी हुन अध्यक्ष राणाले सम्पूण देशभक्त नागरिकहरुलाई आह्वान गरेका छन् । 

यो पनि