असोज ०६, २०८१, आइतबार
               

चिनियाँ दूतावासअगाडि विरोध प्रदर्शन, २३ जना पक्राउ

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । चिनियाँ दूतावासअगाडि विरोध प्रदर्शन भएको छ । 

आज (बुधबार) बिहान युवाको एक समूहले काठमाडौंस्थित चिनियाँ दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा सहभागी २३ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली राजनीतिमा चिनियाँ हस्तक्षेप बढ्न थालेको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

युवाको एक समूहले यसअघि हिजो (मंगलबार) साँझ पनि राँके जुलुससहित दूतावासअगाडि विरोध प्रदर्शन गरेको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा एक उच्च प्रतिनिधिमण्डल आइतबार काठमाडौं आएको थियाे ।  

संसद् विघटनसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको समयमा चिनियाँ उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले नेपालको राजनीतिमा चीनले हस्तक्षेप गर्न खोजेको तर्क गरिरहेका छन् ।

नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरेको थियाे । 


कस्तो लाग्यो ?

यो पनि