बैशाख २७, २०८१, बिहीबार
               

मुख्यमन्त्री पौडेलले उपनेता र सचेतकलाई पदबाट हटाए

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् ।

आज (मंगलबार) मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएका हुन् । 

प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उनीहरुलाई पदबाट हटाएका हुन् ।

बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेकपा केपी शर्मा ओली समूहका हुन् भने जम्मकट्टेल र माझी प्रचण्‍ड–नेपाल समूहका हुन् ।

मुख्यमन्त्री पौडेलविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । 

स्पष्टिकरण समेत सोधे

पौडेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने  ४५ मध्ये ३० सांसदलाई स्पष्टिकरण समेत सोधेका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले पहिलो चरणमा ३० जना सांसदहरुसँग स्पष्टिकरण सोधिएको जानकारी दिए ।

नेकपाको दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले १० पुसमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

वाग्मती प्रदेशमा नेकपाको कुल ८० सांसदमध्ये प्रधानमन्त्री ओलीको पक्षमा ३४ र दाहाल–नेपाल पक्षमा ४६ सांसद छन् ।


कस्तो लाग्यो ?

यो पनि