जेठ ०१, २०८१, मंगलबार
               

‘पार्टी विभाजनले लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन’

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

रुपन्देही । प्रतिनिधिसभाको विघटन र नेकपा विभाजनले कुनै असर नगर्ने लुम्बिनी प्रदेश सरकारले दाबी गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराउँदै प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउने अवस्था अहिले नभएको स्पष्ट पारे ।

प्रवक्ता चौधरीले बाहिर हल्ला फिजाइएको जस्तो प्रदेश सरकार परिवर्तन नहुने दाबी गरे । ‘अहिले सरकार परिवर्तन हुँदैन, मैले बुझेअनुसार सबै मन्त्रीहरु मुख्यमन्त्रीकै लाइनमा हुनुहुन्छ’, उनले भने ।

उनले बैठकमा सरकारका सबै मन्त्रीहरु सहभागी भएको र सरकार फेरबदलबारे कुनै आवाज नउठेको हुँदा पार्टी विभाजनको प्रभाव लुम्बिनी प्रदेश सरकारमा नपर्ने बताए ।

सोमबारको बैठकले दाङको तुलसीपुर नगरपालिका र स्पेनको विलवाओ नगरपरिषदबीच भगिनी सम्बन्ध स्थापित गर्ने एक मात्र प्रस्तावमा छलफल गरी पारित गरेको उनले जानकारी दिए ।

यो पनि