असोज ०६, २०८१, आइतबार
               

पुष ५ सम्झदै पोखरेलले भने- 'नाटकीय ढंगबाट संसदको हत्या भयो'

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

बारा । नेकपा नेता तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नाटकीय ढंगले संसदको हत्या गरेको बताएका छन् ।

बारामा आज (आइतबार) आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले लोकतन्त्रका सबै मूल्यमान्यता, सिद्धान्तलाई अपहरण गर्दै लामो संघर्षबाट पाएको उपलब्धि ध्वस्त पार्ने काम गरे आरोप लगाए ।

पोखरेलले पुष ५ गते (प्रतिनिधिसभा विघटन) को घटनाले देशलाई प्रतिगमन तथा बहुआयामिक द्वन्दतर्फ लगेको बताउँदै यसले पार्टीका साथै समाजमा असर पारेको विचार व्यक्त गरे । 

प्रधानमन्त्रीको यो असंवैधानिक कदमलाई परास्त नगरे ओलीले लामो संघर्षपछि प्राप्त संविधानसमेत ध्वस्त हुने उनको भनाई छ ।

पुस ७ गतेको घटित घटनालाई स्मरण गर्दै पोखरेलले भने ‘प्रधानमन्त्रीले बिहानै नाटकीय ढंगबाट मन्त्रिपरिषद बोलाउनु भयो । तर मन्त्रीहरु पुग्न र विचार राख्न नपाउँदै संसद विघटन र निर्वाचनमा जाने प्रस्ताव राष्ट्रपतिकोमा लग्नुभयो।’

ओलीको त्यो असंवैधानिक कदममा ल्याप्चे लगाएर राष्ट्रपतिले संविधानलाई मिचेको आरोप पोखरेलको छ । 


कस्तो लाग्यो ?

यो पनि