मंसिर ०१, २०८१, शनिबार
               

मुलुकले गलत बाटो लिएकाले ताजा जनादेशमार्फत् सच्याउनुपर्छ : राप्रपा अध्यक्ष थापा

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ पछि मुलुकले गलत बाटो लिएकाले ताजा जनादेशमार्फत् त्यसलाई सच्याउनुपर्ने बताएका छन् ।

राप्रपाले वीरगञ्जमा गरेको प्रदर्शनको क्रममा उनले सो कुरा बताएका हुन् । जनताले धर्म निरपेक्षता, गणतन्त्र र संघीयता नेपाली जनताको भावनाबाट नआएको उनको भनाइ छ । उनले भने, ‘ विदेशीको एजेन्डा रहेछ, बाटो र नीति परिवर्तन गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि ताजा जनादेशमा जानुपर्नेछ ।’

दुईतिहाइ बहुमतनजिक मत पाउँदा नेपाल कम्युनिष्ट पार्टीले आफ्नो बाचाअनुसार काम गर्न र परिवर्तनको अनुभूति दिन नसकेको उनको भनाइ छ । जनताले त्यति धेरै दिँदा पनि उनीहरुमा इमान्दारिता र दूरगामी सोचाइ नभएको उनको भनाइ छ । त्यसैगरी, उनले कम्युनिष्ट र काङ्ग्रेसका नेताले जनतालाई मुठ्ठीको माखा सम्झेको पनि बताए ।

जनतालाई लोभ, लालच र पैसामा किन्न सकिन्छ भन्ने सोच उनीहरुमा रहेको बताउँदै उनले चुनावका बेलामा लोभ, लालच, प्रलोभन र पैसा दियो भने भोट सजिलै लिन सकिन्छ भन्ने भान उनीहरुमा परेको बताए । 

आइतबार विरोध प्रदर्शनपछि राप्रपा पर्साले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कोभिड–१९ महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्नुपर्नेलगायत माग गरिएको छ ।

यो पनि