जेठ ०६, २०८१, आइतबार
               

चुनाव घोषणापछि मन्त्री नियुक्त गर्नै मिल्दैन, मेरो पालामा १२ मन्त्रालय खाली थिए : भट्टराई

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावको घोषणा गरेपछि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन् ।

जनता समाज पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष भट्टराईले प्रधानमन्त्रीले एकातिर संसद विघटन गरेर चुनाव घोषणा गर्ने र अर्कोतर्फ उनै प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्त गर्न कुनै हालतमा नमिल्ने बताए ।

उनले आफू प्रधानमन्त्री रहँदा तत्कालीन संसदसमेत रहेको संविधान सभा विघटन भई चुनावको मिति घोषणा भएपछि आफूले मन्त्री नियुक्त नगरेको बताए ।

उनले भने, ‘मेरो पालामा १२ वटा मन्त्रालय खाली थिए तर मैले मन्त्री नियुक्त गरिनँ, बहालवाला मन्त्रीहरुलाई नै जिम्मेवारी दिएँ मैले आफै ५–६ वटा मन्त्रालय हेरेको थिएँ ।’ 

संसद विघटनविरुद्ध जसपाले काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘आवश्यक हुँदा पनि मैले नैतिकताका आधारमा मन्त्री थपघट गरिनँ ।’ 

विरोध प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 

आइतबार सो पार्टीले रत्नपार्क शान्तिबाटिका, पुतलीसडक हुँदै पुनः शान्ति बाटिकासम्म विरोध प्रदर्शन गरेको हो ।  

प्रदर्शन शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई पार्टीका बरिष्ठ नेता डा. बाबुराम भट्टराई, महन्थ ठाकुर लगायतले सम्बोधन गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि