जेठ ०१, २०८१, मंगलबार
               

राप्रपाको र्‍यालीमा जे देखियो (तस्बिरसहित)

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंमा र्‍याली गरेको छ ।

शनिबार अध्यक्ष प्रकाशचन्द्र लोहनी र कमल थापासहित अधिकांश केन्द्रीय नेताहरुको सहभागितामा काठमाडौंमा मोटरसाइकल र्‍याली गरिएको हो ।

मोटरसाइकल र्‍यालीमा अध्यक्ष थापा आफैँ स्वयंले स्कुटी ड्राइभ गरेर सहभागी भएका थिए । सयौँ मोटरसाइकलसहित राप्रपाले राजसंस्था पुनर्स्थापना, हिन्दुराज्य लगायतको माग गरेको थियो । र्‍याली दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा आगामी १७ गते हुने विशाल आमसभामा सहभागी हुन अध्यक्ष थापाले सबैलाई अपिल गरेका थिए । राप्रपाले आन्दोलनको कमान्डर वरिष्ठ नेता बुद्धिमान तामाङलाई तोकेको छ । राप्रपाले १७ गते काठमाडौंमा आफ्नो शक्ति प्रदर्शनको तयारी गरेको छ । नेता तामाङले यसपटकको आन्दोलन 'गर या मर'को भएको जनाएका छन्।

यो पनि