जेठ ०४, २०८१, शुक्रबार
               

प्रचण्डले त्यही नियति भोग्नु नपरोस् : कमल थापा

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेकपाको प्रचण्ड-माधव समूहले वैधानिकता पाउनेमा शङ्का व्यक्त गरेका छन् ।

अध्यक्षद्वय पुस्पकमल दाहाल प्रचण्ड र मावधकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको भन्दै उनले आशङ्का व्यक्त गरेका हुन् ।

शनिबार बिहान सामाजिक सञ्जालमा अध्यक्ष थापाले तत्कालीन समयमा निर्वाचन आयोगले प्रचण्डकै प्रत्यक्ष दबाबमा विनासनाखत कानुनविपरीत राप्रपा विभाजनको घोषणा गरिदिएको आरोप लगाउँदै अहिले प्रचण्ड(माधव समूहलाई त्यस्तै हुनसक्ने संकेत गरेका हुन् ।

अध्यक्ष थापाले फेसबुकमा लेखेका छन्, ‘तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसवेला विनासनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो । प्रचण्डले त्यही नियति भोग्नु नपरोस । मेरो शुभकामना छ ।’


कस्तो लाग्यो ?

यो पनि