जेठ ०१, २०८१, मंगलबार
               

राप्रपाले ७७ वटै जिल्लामा राष्ट्रिय एकता दिवस मनाउने

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ ।

अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले ७७ जिल्लामा कोरोना महामारीलाई दृष्टिगत गर्दै सामाजिक दूरी र स्वास्थ मापदण्डको नियम पालना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको हो।

बैठकमा अध्यक्षद्वय पशुपति शम्शेर जबरा र कमल थापा उपस्थित थिए ।

यस्तै, आगामी पुस १७ गते काठमाडौंमा हुने उपत्यकाव्यापी बृहद् जनप्रदर्शनलाई शसक्त र प्रभावकारी बनाइने पनि राप्रपाले जनाएको छ ।

यो पनि