बैशाख १७, २०८१, सोमबार
               

कांग्रेस नेता पौडेलको ओलीलाई निम्तो: आउनूस् तनहुँमा सँगै चुनाव लडौँ

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनहुँमा चुनाव लड्न निम्तो दिएका छन् ।

विकसित नयाँ राजनीतिक घटना क्रमलाई विश्लेषण गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रामचन्द्र पौडेलले अब तनहुँबाट चुनाव नजित्ने भएकाले उनको ध्याउन पार्टी सभापतिमा केन्द्रित भएको भनी विश्लेषण गरेका थिए । सोही विश्लेषणलाई लक्षित गर्दै कंग्रेस नेता पौडेलले बिहीबार ओलीलाई तनहुँमा चुनाव लड्न निम्ता दिएका हुन् ।

‘म पाँचपटक चुनाव जितेको मानिस हुँ। अब चुनावमा तनहुँ आउनूस् अरूलाई नपठाउनूँ। म तपाईंसँग चुनाव लड्न तयार छु,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटनपश्चात् प्रधानमन्त्रीले २०७८ वैशाख १७ र २७का लागि प्रतिनिधिसभाको चुनावका लागि मिति तय गरेका छन् । जसको विरोधमा कांग्रेसले देशैभर प्रदर्शन गर्दैछ । केही दिनअघि मात्रै पुल उद्घाटन गर्ने क्रममा पौडेललाई प्रहरीले केहीबेर नियन्त्रणमा लिइ छाडेको थियो । जसका कारण प्रधानमन्त्री ओली र पौडेलको सम्बन्ध राम्रो छैन । 

यो पनि