जेठ ०५, २०८१, शनिबार
               

ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अध्यक्षबाट हटायो

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई केन्द्रीय कमिटी सदस्य र कार्यकारी अध्यक्षबाट हटाउने निर्णय गरेको छ । 

सो पक्षीय नेकपाको बैठकले दाहाललाई स्थायी कमिटीको निर्णयबाट दिइएको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको हो । 

सोपक्षीय एक नेताका अनुसार केन्द्रीय कमिटी र स्थायी कमिटीले दिएको जिम्मेवारी बहन गर्न नसकेकाले उनलाई दुवै पदबाट हटाइएको हो । यसका अलवा सो पक्षीय नेकपाले बिहीबार विधान संशोधन गर्दै प्रथम अध्यक्ष (ओली) को मात्रै हस्ताक्षर चल्ने गरी आयोगमा दर्ता गराएको छ । 

त्यसैगरी, सो बैठकले सातै प्रदेशमा पार्टी समन्वय गर्ने जिम्मेवारी पनि तोकेको छ । जसअनुसार सुदूरपश्चिम संयोजक लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश २ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ ।

यो पनि