जेठ ०२, २०८१, बुधबार
               

शेरबहादुर र उषाकलाले पनि छाडे ओलीको साथ, केन्द्रीय सदस्य पद अस्वीकार

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै समूह परिवर्तन गर्ने होड नै चलेको छ । 

सोमबार आ‍ेली समूहको (बालुवाटारमा भएको) बैठकमा सहभागी भएका केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहमा लागेका छन् । तामाङ आज कार्की पार्टी प्यालेसको बैठकमा सहभागी हुने स्रोतले बताएको छ ।

सिन्धुपाल्चोकबाट निर्वाचित तामाङ ओली पक्षको संसदीय दलको बैठकमा पनि सहभागी भएका थिए ।

जिल्लामा माधव नेपाल पक्षको बर्चश्व रहेकाले कार्यकर्ताको दबाब थेग्न नसकेर उनले प्रचण्ड माधव पक्षमा लाग्ने निर्णय गरेको निकट स्रोतले जनाएको छ ।

प्रदेश १ का सांसद समेत रहेकी शेरबहादुरकी श्रीमती उषाकला राईले ओली पक्षले गरेको केन्द्रीय सदस्य मनोनयन अस्वीकार गरेका छिन् । उनलाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो । उनले केन्द्रीय सदस्य पद अस्वीकार गरेकी हुन् ।

नेता राईले फेसबुकमा सार्वजनिक सूचना लेख्दै उनले सो जानकारी दिएकी हुन् ।

‘मेरो सार्वजनिक सूचना- यो कम्युनिस्ट आनदोलनमा म लागेको पनि चार दशक भएको छ तर पद र पैसा केही होइन, जनताको दुई पैसा खाईन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छदैछ। सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रस्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाई रहेका थियौं । तर आज त्यो अलपत्र परेको छ। यो बिचको बिकशित राजनितिक परिघट्नामा संम्माननीय प्रधानमन्त्री केपि कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदय बाट कृतग्य जाहेर गर्दछु । तर मेरा ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महशुस भएको छ त्यसकारण बिनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु ।’

यो पनि