जेठ ०५, २०८१, शनिबार
               

खुमलटारमा प्रचण्ड र चिनिया राजदूत यान्छीबीच भेटवार्ता

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालस्थित चिनिया राजदूत हाउ यान्छी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे छ ।

आज (बिहीबार) राजदूत हाउ यान्छी प्रचण्डलाई भेट्न खुमलटार पुगेकी हुन् । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भइसकेको अवस्थामा यान्छी र प्रचण्डबीचको भेटवार्तालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमपछि राजदूत यान्छीको राजनीतिक भेटघाट तीव्र बनेको छ ।

प्रचण्डसँगको भेटमा यान्छीले देशको पछिल्लो राजनीतिक घटनाक्रम र नेकपामा देखिएको राजनीतिक फुटका सम्बन्धमा कुराकानी गरेको बताइएको छ ।

यान्छीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गरेकी थिइन् ।

यो पनि