मंसिर ०७, २०८१, शुक्रबार
               

ओली पक्षको महाधिवेशन २०७८ मंसिर २ देखि ७मा हुने

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकले महाधिवेशन २०७८ मंसिर २ देखि ७मा काठमाडौंमा गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको ओलीपक्षीय नेकपा केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । 

बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। यस कमिटीमा १ हजार १ सय ९९ सदस्य रहने बताइएको छ ।

सैगरी सो बैठकले पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ । आइतबार  संसद विघटन भएसँगै नेकपा स्पष्ट रुपमा दुई गुटमा देखिँदै आएको छ । जसका कारण मंगलबार दुवै गुटका केन्द्रीय कमिटीको बैठक फरक-फरक ठाउँमा बसेको छ । 

यो पनि