जेठ ०६, २०८१, आइतबार
               

उच्च शिक्षा सबैलाई सर्वसुलभ हुनुपर्छ : प्रधानमन्त्री

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग र समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६४औँ दीक्षान्त समारोहलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली भने-'शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्छ र यस्तो शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपरछ ।'

प्रधानमन्त्रीले भने, ‘‘विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समतामूलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने मेरो मान्यता छ । यसका लागि उच्च शिक्षा नीति अनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै जानुपर्छ ।”

प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिमा प्राविधिक जनशक्तिको महत्वपूर्ण योगदान रहेको भएकाले आगामी दिनमा पनि प्राविधिक शिक्षाको भूमिकालाई अझ बढाउँदै अघि बढ्नुपर्ने बताए, ‘‘विश्वविद्यालयबाट उपाधि हासिल गरेका आफ्ना विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिभुवन विश्वविद्यालयको एउटा चुनौती हो ।’’ सङ्ख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको टड्कारो आवश्यकता भएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि