बैशाख २२, २०८१, शनिबार
               

दाहाल- नेपाल पक्ष अदालत जाने गृहकार्यमा

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल सर्वोच्चमा जान गृहकार्यमा जुटेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेसँगै सो विषयमा कानुन व्यवसायीसँगको परामर्शपश्चात् उनीहरु सर्वोच्चमा जाने गृहकार्यमा जुटेका हुन् । 

आइतबार दाहाल-नेपाल पक्षकाका ९० सांसदले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । दाहाल-नेपाल समूहले सकेसम्म कांग्रेस र जसपाका सांसदहरुको समेत संयुक्त हस्ताक्षर गरेर अदालत जाने विकल्पमा समेत छलफल गरेको छ ।

संसद विघटनकै कारण दाहाल- नेपाल पक्षीय सात मन्त्रीले आइतबारै सामूहिक राजीनामा दिएका छन् । तर, सो समूहका मध्ये गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

संसद विघटनको विषयलाई लिएर प्रधानमन्त्रीको चौतर्फी विरोध तथा प्रदर्शन भइरहेको छ । संसद विघटन भएकै दिन आइतबार राजधानी काठमाडौैंलगायत देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ । त्यसैगरी, अधिकारवादी कृष्ण पहाडीको टोली ओलीको कदम विरुद्धमा प्रदर्शनमा उत्रिन खोज्दा पक्राउ परेका छन् । 

यो पनि