मंसिर ०१, २०८१, शनिबार
               

प्रचण्ड -नेपाल पक्ष कानुनी परामर्शमा

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेता कानुन व्यवसायीसँग परामर्शमा जुटेका छन् ।  

प्रतिनिधिसभा विघटनपश्चात्  उत्पन्न परिस्थितिलाई केन्द्रविन्दुमा राखी उनीहरु परामर्शमा जुटेका हुन् । परामर्शमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष सहभागी छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेसँगै नेपालको राजनीतिले फरक मोड लिएको छ । जसको असर प्रत्यक्ष रुपमा नेकपाभित्र छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिएका नेकपा कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल कानुन व्यवसायीसँग परामर्शमा जुटेका हु्न् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको उनीहरुको निष्कर्ष छ ।

आइतबारै बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

यो पनि