बैशाख १३, २०८१, बिहीबार
               

प्रधानसेनापतिद्वारा पृतनापतिहरुसँग भिडियो संवाद

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतनापतिहरुसँग भिडियो संवाद गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै उनले सम्भावित सुरक्षा चुनौतीलाई लिएर पृतनापतिहरुसँग भिडियो संवाद गरेका हुन् । 

सो संवादमा उनले सुरक्षा सर्तकता अपनाउन र सुरक्षा अवस्थाको सूक्ष्म निगरानी गर्न निर्देशन दिएका छन् ।  एक स्रोतका अनुसार नेपाली सेना प्रतिनिधि सभा विघटनको निर्णयलाई राजनीतिक मान्दै तटस्थ बस्ने निष्कर्षमा पुगेको छ ।

सेना कुनै पनि राजनीतिक कदमको राजनीतिक समाधान होओस् भन्ने मान्यतालाई आत्मसात गरी सेनाले सो निर्णय लिएको सो स्रोतले जानकारी दियो । सो स्रोतले वैधानिक सरकारको निर्णय मान्नु सेनाको दायित्वलाई आत्मसात गर्ने बतायो । 


कस्तो लाग्यो ?

यो पनि