जेठ ०३, २०८१, बिहीबार
               

ओलीको गैरजिम्मेवारपूर्ण हर्कतको सबैले प्रतिवाद गरौं : भट्टराई (भिडियो)

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन् । 

सामाजि सञ्जाल ट्विटरमा एक भिडियो सन्दैश जारी गर्दै उनले सबै मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदमको प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

‘देशमा राजनीतिक स्थिरता कायम गर्न प्रतिनिससभाको कार्यकाल पाँच वर्ष किटन नगरिएको छ । विगतको अपस्थरतालाई ध्यान दिँदै संसद विघटन गरेर अस्थिरता निम्त्याउने नदिन प्रावधान राखेका थियौं’ डा. भट्टराईले भनेका छन्, ‘त्यस विपरित प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको खबर प्राप्त भएको छ, यो अत्यन्त दुःखद छ ।’

ओलीले संविधानसभाबाट ल्याएको सुधारिएको प्रणालीको धज्जी उडाएको बताउँदै उनले भने, यो लोकतन्त्रको मर्म विपरीत छ, संविधानको प्रावधान विपरित छ ।’

दुई तिहाई नजिक बहुमत पाएको नेकपाका प्रधानमन्त्रीबाट गैरजिम्मेवारपूर्ण हर्कत भएको उनको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि