जेठ ०३, २०८१, बिहीबार
               

संसद विघटनको सिफारिसपछि कांग्रेस नेता रिजालको यस्तो टिप्पणी

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संसद विघटनको सिफारिस असंवैधानिक भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित कदम चालेको उनले बताए । ओलीले बहुमत गुमाएपछि सत्तावादी राजनीतिका लगि संविधान मिच्ने काम गर्नुभएको उनको तर्क छ ।

बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्ने नेता रिजालले बताए ।

प्रधानमन्त्री ओलीले आज (आइतबार) मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि