जेठ ०३, २०८१, बिहीबार
               

खुमलटार हामी जाँदा पुच्छर भन्नेहरुले अब के गर्लान् : नेता रावल

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले पार्टीका शीर्ष नेताहरुबीच कुराकानी हुन राम्रो भएको बताउँदै समस्याको समाधान सहमतिबाट खोजिनुपर्ने बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी प्रचण्ड निवास खुमलटार गएको सन्दर्भलाई जोडेर नेता रावलले सो कुरा बताएका हुन् । यसका अलवा उनले सो विषयलाई उनले आफूहरु कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जाँदा पुच्चर भए भन्नेहरुले अब के गर्लान् भनी प्रश्न गरेका छन् । 

‘बिहान प्रम. केपि ओलीजी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ। वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ। हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि?’, शनिबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमा नेता रावलले लेखेका छन्, ‘नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो। सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।’

शनिबार बिहान प्रधानमन्त्री ओली प्रचण्डसँग छलफलका लागि खुमलटार पुगेका थिए। त्यहाँ दुई अध्यक्षले एक्लाएक्लै र उपाध्यक्ष वामदेव गौतमको उपस्थितिमा छलफल भएको थियो । छलफलमा कुनै ठोस सहमति भने नभएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि