बैशाख १७, २०८१, सोमबार
               

सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष मनाउन दुईदिने बिदाको अवधारणा : मन्त्री भट्टराई

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षको रुपमा मनाउन दुई दिन सार्वजनिक बिदाको अवधारणा ल्याइएको बताएका छन् । 

शुक्रबार निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिको कार्यक्रममा मन्त्री भट्टराईले यस्तो बताएका हुन् । औपचारिक घोषणा नभए पनि सन् २०२१ नेपालका लागि आन्तरिक भ्रमण वर्ष भएको उनको भनाइ थियो  ।

नेपालको अर्थतन्त्रमा वाषिर्क ८० अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड-१९ले सबैभन्दा ठूलो मार पारको उनको भनाइ थियो । 

‘तत्काल ठूलो मात्रामा पर्यटक नआउने अवस्थामा आन्तरिक घुमफिरलाई प्रवर्द्धन गर्न खोजिएको हो,’ उनले भने, ‘अब बल्ल कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउन सुरु भएको छ, खोप सुरु भए पनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन ।’ 

यो पनि