जेठ ०४, २०८१, शुक्रबार
               

दाहाल-नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । 

तीन नेताबीच शुक्रबार अपराह्न भेट भएको हो । भेटमा अध्यादेश प्रकरण र समसामयिक विषयमा छलफल भएको स्रोतले बताएको छ । तर, दुवै पक्षले अन्य थप के विषयमा कुरा भयो भनी खुलाएका छैनन् । 

नेकपामा आन्तिरक किचलो  चलिरहेका बेला प्रचण्ड माधव नेपाल पक्षले प्रदेश १ आफूनिकटलाई पार्टीको आन्तिरक ब्रिफिङ गरेकै दिन उनीहरुले पौडेलसँग भेट गरेका हुन् । 

सरकारले जारी गरेको संवैधानिक परिषदको बैठकलाई लिएर प्रतिपक्षी दलले पनि असन्तुष्टि जनाइरहेका बेला भएको यो भेटलाई महत्वका साथ हेरिएको छ । 

यो पनि