जेठ ०३, २०८१, बिहीबार
               

रेशम चौधरीलगायतलाई जन्मकैदको फैसलापछि डा. भट्टराईको यस्तो आक्रोश

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लक्ष्मण थारुलगायतलाई जन्मकैद फैसला गरिएकामा आपत्ति जनाएका छन् ।

उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका रेशम चौधरीलगायतका नेतालाई अदालतले दोषी ठान्नु नौलो विषय नभएको भन्दै उनले झापा विद्रोह र जनयुद्धका नायकहरूको राजमा थारू विद्रोह अपराध ठहरिनु बिडम्बना भएको बताएका छन् ।

‘यथास्थितिको रक्षार्थ कानुनरअदालत बन्छन् । अतः उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन’ पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईल सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘विडम्बना झापा विद्रोह र जनयुद्धका नायकहरूको राजमा थारू विद्रोह अपराध ठहरियो ! यो अन्याय सैह्य छैन । थारू नायकहरूलाई सलाम !’

८ जनालाई जन्मकैद

यसैबीच, पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टिकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।

उच्च अदालतले थरुहट आन्दोलनका नेता लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला सुनाएको हो । यसअघि जिल्ला अदालत कैलालीले थारूलाई तीन वर्षको सजाय सुनाएको थियो । उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि छुटिसकेका थिए ।

उच्च अदालतले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद रेशम चौधरीसहित सात जनाको फैसला सदर गरेको उच्च अदालतका रजिष्ट्रार सिता रेग्मीले जानकारी दिइन् ।

जन्मकैदको सजाय हुनेमा लक्ष्मणसहित रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् ।


कस्तो लाग्यो ?

यो पनि