जेठ ०२, २०८१, बुधबार
               

अध्यादेशबारे कुरै नउठी मन्त्रिपरिषद् बैठक समापन

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । मन्त्रिपरिषद् बैठक समापन भएको छ । संवैधानिक परिषद्को बैठकसम्बन्धी आएको अध्यादेशबारे मन्त्रिपरिषदमा केही कुरा हुने अपेक्षा गरिए पनि सोबारे कुरा नउठिकनै मन्त्रिपिरषद् बैठक सकिएको हो । 

मन्त्रिपिरषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार मन्त्रिपरिषदको बैठकले अध्यादेशबारे कुरै नउठेको जानकारी दिए ।उनले भने, ‘आज विहीबार नियमित साप्ताहिक बैठक बसेको हो, बैठकमा अध्यादेशबारे कुनै छलफल भएन ।’ 

अर्को एक स्रोतका अनुसार प्रधानमन्त्रीले मुख्यसचिवलाई ल बैठक सुरु गर्नोस् भनेपछि बैठक नियमित एजेण्डाहरुमा प्रवेश गरेको र  राजनीतिक परिस्थितबारे प्रधानमन्त्रीले मन्त्रीहरुलाई केही पनि बि्रफिङ गरेनन् । 

सरकारले मन्त्रिपरिषद बैठकको हवाला दिँदै जारी गरेको अध्यादेश फिर्ता लिने प्रधानमन्त्री ओलीले बुधबारको नेकपा स्थायी कमिटी बैठकमा जनाएका थिए ।

तर, बिहीबार पुन परिषदको बैठक डाकिएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग आपत्ति जनाएपछि परिषदको बैठक रोकिएको थियो ।

प्रचण्डले आजैको क्याबिनेटबाट अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । प्रधानमन्त्री ओलीले चाहिँ अध्यादेश फिर्ता लिन आनाकानी गर्दै राष्ट्रपतिलाई भेटेपछि मात्रै लिऔंला बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि