जेठ ०३, २०८१, बिहीबार
               

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।

सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि हिजो (बुधबार) नेकपा अध्यक्ष समेत प्रधानमन्त्री  ओलीले फिर्ता लिने सहमति जनाएका थिए ।

सो अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्न लागेको बताइएको छ । 

बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन समेत दिएको थियो । 

स्थायी कमिटी बैठकअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता लिने सहमति जनाएका थिए ।

यो पनि