बैशाख १७, २०८१, सोमबार
               

ओली-प्रचण्डको गाईजात्रा देखेर हामीलाई समेत लाज लागिसक्यो : कमल थापा

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई ‘गाईजात्रा’ बन्द गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली र प्रचण्डबीचको पार्टीगत विवादले आफूहरूजस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधर (राजावादी) लाई समेत लाज लागेको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा नेकपाका अध्यक्षहरुलाई मेन्सन गर्दै थापाले कमसेकम लोकलज्जाको त ख्याल राख्न आग्रह गर्दै भनेका छन्, ‘अब अतिभो, गाईजात्रा बन्द गर्नुहोस् ।’

ट्विटरमा थापाले लेखेका छन्, ‘अब अतिभो,गाईजात्रा बन्द गर्नुहोस् । हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस् । हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो । कमसेकम लोकलज्जाको त ख्याल राख्नोस् ।’


कस्तो लाग्यो ?

यो पनि