बैशाख १७, २०८१, सोमबार
               

मंगलबार जारी विवादास्पद अध्यादेश फिर्ता लिएका थिए

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार जारी विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँग भएको वार्तामा प्रधानमन्त्री सो अध्यादेश फिर्ता लिन सहमत भएका हुन् । 

विवादका कारण संवैधानिक परिषद् बैठक बस्न नसकेपछि प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ल्याएका थिए । अध्यादेश जारी भएसँगै मंगलबारै  संवैधानिक परिषदको बैठक बसेको थियो । यद्यपि निर्णय भने केही गरेको थिएन । 

जसको चौतर्फी विरोध भएको थियो । यद्यपि सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत केहीले सो अध्यादेशको बचाउ गरेका थिए । संविधान कार्यान्वयन र साहसिक कार्य गर्नका लागि सो अध्यादेश ल्याइएको मन्त्री पोखरेलको भनाइ थियो । 

यो पनि