बैशाख १७, २०८१, सोमबार
               

अध्यादेश फिर्ता लिन आग्रह तरुण दलको आग्रह

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले मंगलबार जारी अध्यादेश फिर्ता लिन आग्रह गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गर्दै  सरकारलाई सो आग्रह गरेका हुन् ।  संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले समस्या समाधान नगरी उल्टै राजनीतिक संकट आउने भएकाले फिर्ता लिनुपर्ने सो विज्ञप्तिमा उल्लेख छ । 

सो विज्ञप्तिमा उल्लेख छ ‘प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौदेखि संसदलाइ बन्धक बनाएर र उप सभामुखजस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वैच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावनाविपरीत छ ।’

त्यसैगरी, तरुण दलले अध्यादेशअनुसार कुनै पनि निर्णय नगर्न  र संसदीय मूल्यमान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नुपर्ने सो विज्ञप्तिमा उल्लेख छ । 

यसका अलवा उनले राष्ट्रपतिको भूमिकाप्रति पनि प्रश्न उठाउँदै राष्ट्रपतिको भूमिका अभिभावकको जस्तो नभएको बताएका छन् । उनले भनेका छन्, ‘सम्माननीय राष्ट्रपतिज्यूको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’

यो पनि