जेठ ०२, २०८१, बुधबार
               

सरकारले ल्याएको अध्यादेश अनुचित रहेको खुमलटार भेलाको निष्कर्ष

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले ल्याएको अध्यादेश अनुचित रहेको नेकपा सचिवालय बहुमत सदस्यको भेलाले ठहर गरेको छ ।

सरकारले मंगलबार अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको सचिवालयका बहुमत सदस्यको  भेलाले सो ठहर गरेको हो ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमलटारमा भेला भएर छलफल गरेका थिए ।

सका साथै सो भेलाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको छ । यसका अलवा सो भेलाले प्रधानमन्त्री केपी ओलीको कदमबारे पार्टी कमिटीमा गम्भीर छलफल गर्ने निषुकर्ष निकालेको छ ।

बहुमत सदस्यको भेलापश्चात् वरिष्ठ नेता झलनाथ खनालले बैठक जारी भएका बेला पार्टीलाई जानकारी नदिई अध्यादेश ल्याउनु गम्भीर विषय भएको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि