जेठ ०२, २०८१, बुधबार
               

'संवैधानिक परिषदमा पर्याप्त परामर्श नभएकाे प्रधानमन्त्रीलाई जानकारी गराइएकाे थियो'

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । संवैधानिक परिषद् बैठकमा अनुपस्थितिबारे सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले प्रस्टीकरण दिएको छ । पर्याप्त गृहकार्य र परामर्शकाे अभावमा सभामुख सापकोटा संवैधानिक परिषदको बैठकमा उपस्थित हुन नसकेकाे उनको सचिवालयले जनाएकाे हाे ।   

सभामुखको निजी सचिवालयले भने पर्याप्त गृहकार्य र परामर्श नभएकाले बैठकमा नगएको स्पष्टिकरण दिएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी वक्तव्यमा भनिएको छ- 'जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो ।’

‘राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दूरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नुभएको छ’ वक्तव्यमा भनिएको छ ।

मंगलबारको संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा उपस्थित नभएपछि स्थगित भएको थियो । दिउँसो राष्ट्रपतिले अध्यादेश जारी गरेपछि साँझ सभामुख र विपक्षी दलका नेता शेरबहादुर देउवा बिना नै परिषद्को बैठक बसेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि