जेठ ०३, २०८१, बिहीबार
               

अध्यादेश विवाद : खुमलटारमा ओली विरोधी नेताहरु जम्मा

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि नेकपामा विवाद थप चर्किएको छ ।

ओली विरोधी पाँच सचिवालय सदस्यहरुको बैठक पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्दैछ । 

माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु खुमलटारमा जम्मा भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

संवैधानिक परिषदमा निर्णय गर्न सहज हुन सक्ने गरी अध्यादेश ल्याइएको हाे । जारी अध्यादेशअनुसार अब संवैधानिक परिषद्को बैठकले बहुमतबाट निर्णय गर्न सक्नेछ । 

परिषदमा ६ जना सदस्य रहने प्रावधान छ । उपसभामुख पद रिक्त रहेकाले अहिले ५ जना सदस्य छन् । ५ जनामध्ये चारजना बैठकमा उपस्थित भए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याइएको हाे । 

मन्त्रिपरिषद्को सिफारिशमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशले सो प्रावधान संशोधन गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टिकाप्रसाद ढकालले बताए ।

मंगलबार बिहान सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि