जेठ ०३, २०८१, बिहीबार
               

अध्यादेश जारी भएपछि प्रचण्डको यस्तो आक्रोश

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् ।

बदनियतपूर्ण तरिकाले अध्यादेश ल्याइएको भन्दै प्रचण्डले तरुन्त खारेज गर्नुपर्ने बताएका हुन् ।

बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बसेर निर्णय गर्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार) अध्यादेश जारी गरेकी थिइन् । 

यसैबीच, अध्यक्ष प्रचण्डले पार्टीको स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएको भन्दै विरोध गरेका हुन् ।

सबै पार्टीले संसदको अधिवेशन बोलाउन माग गरिरहेकाृ समयमा अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको प्रचण्डको तर्क छ ।


कस्तो लाग्यो ?

यो पनि