जेठ ०२, २०८१, बुधबार
               

संवैधानिक परिषद बैठक ५ बजे बस्ने
मन्त्रिपरिषद बैठक जारी

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नआएपछि परिषदको बैठक स्थगित भएको छ ।

प्रधानामन्त्रीले सो बैठक बेलुकी पाँच बजेका बस्नेगरी पुनः बोलाएका छन् ।

सभामुख सोपकोटा अनुपस्थित हुँदा गणपुरक संख्या नपुगेपछि संवैधानिक परिषदको बैठक स्थगित भएको हो ।

मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले बैठक बोलाएका थिए ।

प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता गरी ६ जना रहने परिषदमा पाँच जना उपस्थित नभए गणपुरक संख्या नपुग्ने र त्यसले कुनै निर्णय गर्न नसक्ने भएकाले पाँच बजेसम्मका लागि स्थगित गरिएको हो । परिषदमा रहने उपसभामुख रिक्त रहेकाले हाल रहेका पाँचै जना उपस्थित हुनुपर्ने हुन्छ ।

बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना मात्रै उपस्थित थिए ।

संवैधानिक परिषद बैठक स्थगित भए लगत्तै बालुवाटारमा मन्त्रीपरिषद बैठक बसेको छ ।

यो पनि