जेठ ०३, २०८१, बिहीबार
               

यसकारण हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौं : कमल थापा

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपाल निर्माणका लागि हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गरेको बताएका छन् ।

आज (मंगलबार) सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा वकालत गर्दा कसले के भन्छ भन्ने चिन्ता आफूहरुलाई नहुने बताएका छन् ।

अध्यक्ष थापाले धर्म–संस्कृति, परम्परा, इतिहासको संरक्षण र सम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपाल निर्माण गर्नुपर्ने भने पक्षमा राप्रपा रहेको बताए ।

उनले लेखेका छन्, ‘धर्म संस्कृति, परम्परा, इतिहासको संरक्षण र सम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा विश्वास गर्ने भएकोले हामीले हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ । कसले के भन्छ भन्ने हामीलाई चिन्ता हुँदैन ।’


कस्तो लाग्यो ?

यो पनि