जेठ ०२, २०८१, बुधबार
               

सभामुख नगएपछि फेरि रोकियो संवैधानिक परिषदको बैठक

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । संवैधानिक परिषदको आजको बैठकमा सभामुख अग्नि सापकोटा नगएपछि बैठक रोकिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहानै बैठक बोलाएका थिए ।

संवैधानिक परिषदका सदस्यसमेत रहेका सभामुख सापकोटा प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट भएर परिषदको बैठकमा सहभागी नभएको बताइएको छ ।

परिषदका अध्यक्ष र सदस्यहरुबीच समन्वयको अभाव भएको र पर्याप्त गृहकार्य पनि नभएको भन्दै सभामुख सापकोटाले बैठकमा नआउने जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

यसअघि प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषदको बैठक बोलाएका थिए । उक्त बैठकमा विपक्षी दल नेपाली कांग्रेसका शभापति शेरबहादुर देउवा र सभामुख सापकोटा अनुपस्थित भएपछि आजका लागि बैठक बोलाइएको थियो । 

आजको बैठकमा भने देउवा उपस्थित भएका थिए ।

रिक्त पदहरु

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बिभिन्न संवैधानिक आयोगहरुमा प्रमुख आयुक्त तथा आयुक्तहरु गरी ४५ पद रिक्त छ ।

राष्ट्रिय मानवअधिकार आयोग : अध्यक्ष र ४ आयुक्त

अख्तियार दुरुपयोग अनुसन्धान आयोग : प्रमुख र २ आयुक्त

निर्वाचन आयोग : २ आयुक्त

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग : ४ आयुक्त

राष्ट्रिय महिला आयोग : अध्यक्ष र चार आयुक्त

राष्ट्रिय दलित आयोग : अध्यक्ष र चार आयुक्त

समावेशी आयोग : अध्यक्ष र तीन आयुक्त

आदिवासी तथा जनजाति आयोग : अध्यक्ष र चार आयुक्त

मधेसी आयोग : चार आयुक्त

थारु आयोग : चार आयुक्त

मुस्लिम आयोग : चार आयुक्त

 


कस्तो लाग्यो ?

यो पनि