जेठ ०२, २०८१, बुधबार
               

गच्छदारले अझै बुझेनन् अदालतको म्याद

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । तत्कालीन उप-प्रधानमन्त्रीको हैसियले बालुवाटारको सरकारी जग्गा हडप्न भूमिका खेलेको अभियोग लागेका विजयकुमार गच्छादारले अझै पनि अदालतको म्याद नबुझेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको दश महिना बितिसम्दा समेत गच्छादारले अदालतबाट जारी भएको म्याद नबुझेका हुन् ।

बालुवाटारको ११३ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउन भूमिका खेलेको आरोपमा गत वर्ष माघ २३ गते आयोगले गच्छादारसहित तीन पूर्वमन्त्री, तीन पूर्वसचिव सहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार सोमबारसम्म प्रतिवादीहरुमध्ये ९७ जना म्याद बुझेर अदालतमा हाजिर भइसकेका छन् ।

आइतबार अदालत हाजिर भएका तत्कालीन भौतिक पूर्वाधार तथा यातायात सचिव एवं अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई भने विशेष अदालतले पुर्पक्ष थुनामा पठाएको छ ।

अरु प्रतिवादीहरुले धरौटी र साधरण तारिखमा रिहा गरे पनि न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

बस्नेतलाई थुनामा पठाएसँगै त्यही बेला भौतिक मन्त्रालयमा उपप्रधानमन्त्री रहेका विजय गच्छारको विषयमा अदालतले कस्तो आदेश गर्छ भन्ने चासो बढेको छ। गच्छादारलाई १३ वर्षसम्म कैद सजाय र ९ करोड ६५ लाख बिगो दाबी गरी आयोगले मुद्दा लगाएको छ ।

विशेष अदालतले सुनसरी दुहबी नगरपालिका वडा नम्बर-२ का स्थायी बासिन्दा गच्छादारलाई सुनसरी जिल्ला अदालतमार्फत म्याद तोमल गर्न पठाए पनि एक पटक फर्किएको र दोस्रोपटक तामेलीका लागि तोकेता गरेको प्रवक्ता पाण्डले जानकारी दिए ।

उनलाई गत फागुन १९ गते विशेषबाट म्याद तोमेलीका लागि सुनसरी पठाइएको थियो । तर म्याद तामेल हुन नसकेको जानकारी आएपछि विशेषले गत कात्तिक १८ गते म्याद तामेलीका लागि ताकेता गरेको गरेको छ ।

दुहबी स्थायी ठेगाना भए पनि गच्छादार हाल ललितपुरको सानेपामा बस्दै आएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि