बैशाख २४, २०८१, सोमबार
               

हिन्दुराष्ट्रबारे फेरि बोले डा. शशांक कोइराला

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको दोहोर्‍याएका छन् । 

साथै उनले कांग्रेसको आगामी महाधिवेशनमा हिन्दुराष्ट्रको कुरा उठ्ने समेत बताए । हिन्दुराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने उनको तर्क छ ।

‘म हिन्दुराष्ट्रको पक्षमा छु, तर संघीयताको विरोधमा होइन,’ आज (सोमबार) बिराटनगरमा आयोजित पत्रकार भेटघाटमा डा. कोइरालाले भने, ‘कांग्रेसले सरकार बनाएको खण्डमा राजनीतिक स्थिरता आउँछ । अनि त्यसबेला जनमत संग्रह गराएर हिन्दुराष्ट्र हुने हो कि धर्मनिरपेक्ष हुने हो, त्यो निर्णय गर्नुपर्छ ।’

महामन्त्री कोइरालाले आगामी फागुनमा नेपाली कांग्रेसको महाधिवेशन सम्भव नरहेको बताए । 

तर, महाधिवेशनमा हिन्दुराष्ट्रको मुद्दा उठ्ने बताउँदै उनले भने, ‘मलाई लाग्छ, हाम्रो अधिवेशनमा हिन्दुराष्ट्रका बारेमा कुरा उठ्छ । धेरै मान्छेले कुराहरु उठाउँछन् । त्यसमा मलाई लाग्छ, नेपाली कांग्रेसले पुनर्विचार गर्नुपर्छ ।’

वीपी कोइरालाले कम्युनिस्टहरुसँग कहिल्यै सहकार्य गर्न नहुने लाइन लिएको सुनाउँदै शशांकले २०४६ पछि कांग्रेसले कम्युनिस्टहरुसँग सहकार्य गरेर गल्ती गरेको बताए ।

यो पनि