जेठ ०२, २०८१, बुधबार
               

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

यसअघि आइतबारका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगित भएको सो बैठक मंगलबार बिहानका लागि बोलाइएको हो । 

प्रतिपक्षी दलका नेता देउवा र सभामुख सापकोटा अनुपस्थित भएपछि सो दिन प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच केहीबेर अनौपचारिक कुराकानी भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पद रिक्त छन् । संवैधानिक नियुक्तिबारे मंसिर २७ मा कुराकानी भएकाले देउवा सहभागी हुने बताइएको छ ।

तर, सो बैठकबारे  सत्तारुढ दलका कार्यकारी अध्यक्ष दाहालले पार्टी स्थायी कमिटी बैठक बसिरहेकाले राजनीतिक संवैधानिक नियुक्तिको प्रक्रिया बढाउन नहुने प्रतिक्रिया दिएको बुझिएको छ । पुस १ मा स्थायी कमिटी बैठक बस्दै छ ।

यो पनि