बैशाख १२, २०८१, बुधबार
               

राजसंस्थाको माग गर्दै राप्रपा ललितपुरले पुस ३ गते प्रदर्शन गर्ने

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । राप्रपा ललितपुरले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै पुस ३ गते पाटनमा प्रदर्शन गर्ने भएको छ ।

राप्रपा नेता श्याम तिमल्सिनाका अनुसार पुस ३ गते कुपन्डोलमा भेला भई लखनखेलसम्म मोटरसाइकल र्‍याली गरिने छ । मोटरसाइकल र्‍यालीपछि लगनखेलमा कोणसभा गर्ने कार्यक्रम छ । 

मुलुक जटिल परिस्थितिमा पुगेको भन्दै अब देशले कोर्स करेक्सन गर्न आवश्यक रहेकोले प्रदर्शन गर्न लागेको नेता तिमल्सिनाले बताए । उनले बागमती करिडोरबाट सुरू हुने र्‍यालीमा सहभागी हुन सबै देशभक्त र राष्ट्रवादी नागरिकलाई अपिल पनि गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि