जेठ ०३, २०८१, बिहीबार
               

बिना मगरले भनिन् - '...प्रमाण ल्याउनुस्, राजीनामा दिन्छु'

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आफ्नो मन्त्रालयमा एक रुपैयाँ पनि भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने बताएकी छन् ।

आज (सोमबार) बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भ्रष्टाचार नगर्ने प्रतिज्ञा समेत गरेकी छिन् ।

बिनाले लेखेकी छिन्, ‘आज म प्रतिज्ञा गर्छु- खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु । देश समृद्ध बनाएरै छाड्छौं ।’

उनको ट्विटमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । अधिकांशले खानेपानी मन्त्रालय पनि कमिसनको घेरामा परेको बताएका छन् ।

साथै मेलम्चीको पानी काठमाडौं आउन ढिलाइ भएकोमा अधिकांशले आक्रोश व्यक्त गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि