जेठ ०४, २०८१, शुक्रबार
               

राजतन्त्र अब फर्किँदैन, तर हिन्दू राष्ट्रबारे जनमत संग्रह गराउनुपर्छ : कोइराला

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइरालाले देशमा अब राजतन्त्र फर्कन नसक्ने बताएका छन् । 

सोमबार विराटनगरस्थित कोइरालानिवासमा नेता कोइरालाले यस्तो बताएका हुन् ।  तर,  हिन्दू राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्नुपर्नेमा उनको जोड छ ।

‘कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि जनमत संग्रहमार्फत हिन्दुराष्ट्र स्थापना गराउनुपर्छ,’ उनले भने, ‘तर मुलुकमा राजा कुनै पनि स्वरूपमा आउँदैनन् ।’

सो सन्दर्भमा उनले पार्टीको महाधिवेशन आगामी फागुन ७ मा सम्भव नभएकाले जेठमा गर्नुपर्नेमा जोड दिए । ‘पार्टीको क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाउनै तीन महिना लाग्छ,’ उनले भने, ‘त्यसैले फागुनसम्ममा क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाएर जेठमा महाधिवेशन गराउनुपर्छ ।’

निकै चासोको रुपमा हेरिएको आगामी महाधिवेशनको सभापतिको उम्मेदवारको सन्दर्भमा उनले आफूहरूको तर्फबाट जो भए पनि एक जना सभापतिको दाबेदार हुने बताए । यसका अलवा सो सन्दर्भमा उनले आउँदो महाधिवेशनका लागि आफू र शेखर कोइरालामध्ये को सभापतिको उम्मेदवार हुने भन्ने निर्णय पार्टीका नेता, कार्यकर्ता र आपसी छलफलपश्चात टुंगो लाग्ने बताए । 

यो पनि