जेठ ०४, २०८१, शुक्रबार
               

संवैधानिक परिषद्को बैठक स्थगित, कहिले बस्छ अर्को बैठक ?

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

संवैधानिक परिषद्को बैठक मंसिर ३० गतेसम्मका लागि स्थगित भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) का लागि बोलाएको बैठकमा कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको हो ।

देउवाले २९ मंसिरको प्रदर्शन अगाडि बैठकमा आउन नसक्ने सन्देश ओलीलाई शनिबार नै पठाएका थिए । कांग्रेसले २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्दैछ ।

रिक्त पदहरु

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बिभिन्न संवैधानिक आयोगहरुमा प्रमुख आयुक्त तथा आयुक्तहरु गरी ४५ पद रिक्त छ ।

राष्ट्रिय मानवअधिकार आयोग : अध्यक्ष र ४ आयुक्त

अख्तियार दुरुपयोग अनुसन्धान आयोग : प्रमुख र २ आयुक्त

निर्वाचन आयोग : २ आयुक्त

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग : ४ आयुक्त

राष्ट्रिय महिला आयोग : अध्यक्ष र चार आयुक्त

राष्ट्रिय दलित आयोग : अध्यक्ष र चार आयुक्त

समावेशी आयोग : अध्यक्ष र तीन आयुक्त

आदिवासी तथा जनजाति आयोग : अध्यक्ष र चार आयुक्त

मधेसी आयोग : चार आयुक्त

थारु आयोग : चार आयुक्त

मुस्लिम आयोग : चार आयुक्त

यो पनि