जेठ ०३, २०८१, बिहीबार
               

कार्यकारी अध्यक्ष दाहाल र नेम्वाङबीच भेटवार्ता

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दलका स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले कार्यकारी अध्यक्ष दाहाललाई अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली चिन्तित भएकाले सकारात्मक भइदिन आग्रह गरेका छन् । 

आइतबार बिहान खुमलटार पुगेका नेम्वाङले अध्यक्ष दाहालसँग यस्तो आग्रह गरेका हुन् । यसका अलवा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङ र कार्यकारी अध्यक्ष दाहालबीच भएको भेटवार्तामा एकता पार्टी जोगाउनेबारे कुराकानी भएको बताइएको छ । 

अध्यक्ष दाहालसँगको भेटपश्चात् नेता नेम्वाङले पार्टी एकता कायम राख्न प्रचण्ड सकारात्मक रहेको  र पार्टी एकताबारे चिन्तित रहेको बताएका छन् । 

आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी  कमिटी बैठक बस्दै छ । बैठक बस्नुअगाडि नेम्वाङले प्रचण्डलाई भेटेका हुन् । यसअघि  शंकर पोखरेल खुमलटार प्रधानमन्त्रीको सन्देश लिएर गएका थिए । नेम्वाङ र पोखरेल दुवै  अध्यक्षद्बयबी दूरी बढ्दा समन्वयकर्ताको भूमिकामा देखिँदै आएका नेता हुन्  । 

गएको २१ मंसिरमा शुरु भएको स्थायी कमिटी बैठक एक साता स्थगित गरेर आज बस्दै छ । तर, आजको बैठकमा केन्द्रीय सदस्य कमानसिं लामाको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी छ ।

यो पनि