जेठ ०३, २०८१, बिहीबार
               

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ४ गते

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ४ गते काठमाडौंमा बस्ने तय भएको छ ।

शनिबार तीन अध्यक्षबीच भएको बैठकले पुस ४ गते काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिए ।

उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुने उनले बताए ।

‘राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले पुस ४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको छ’, सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले लेखेका छन्, ‘उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ ।’

यो पनि