जेठ ०३, २०८१, बिहीबार
               

अध्यक्ष दाहाल र नेता पोखरेलबीच खुमलटारमा भेटवार्ता

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेटेका छन् । 

नेकपाभित्र दुई अध्यक्षको दूरी टाढिँदै गइरहेका बेला पोखरेलले अध्यक्ष दाहाल निवास खुमलटार नै गएर भेट गरेका हुन् । भेटमा नेता पोखरेलले अध्यक्ष दाहालसँग करिब आधा घण्टा कुराकानी गरेको खुलेको छ । पोखरेल अध्यक्ष ओली निकट नेता मानिन्छन् । 

बुधबार दुई अध्यक्षबीच कुराकानी भए पनि त्यसयता उनीहरुबीच कुराकानी हुन नसकिरहेका बेला पोखरेलले दाहाललाई भेट्नुलाई महत्वका साथ हेरिएको छ । 

सहमति खोज्न भन्दै एक साताका लागि स्थगित भएको नेकपा स्थायी कमिटी बैठक भोलि बस्दै छ ।

यो पनि