जेठ ०२, २०८१, बुधबार
               

चन्द समूहले जनयुद्धको नक्कल गर्न खोजेको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

काठमाडौं । जसपाका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले  चन्द समूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार साझ एक ट्विट गर्दै उनले यस्तो आरोप लगाएका हुन् । यसका अलवा उनले चन्द समूहको आन्दोलनलाई नीति कथाको बाॅदरले मान्छेले दारी खौरेको नक्कल गर्न खोज्दा आफ्नै नाक काटेको उदाहरण दिएर व्यंग्यसमेत गरेका छन् । त्यसैगरी, उनले चन्द समूहलाई गलत नीति त्यागी वार्तामा आउन सुझाव पनि दिएका छन् । 

‘व्यक्ति हत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्‍याइरहेछ, उनले सो ट्विटमा भनेका छन्, ‘चन्द समूहले गलत नीति त्यागोस्; राज्यले सार्थक वार्ता गरोस् ।’


कस्तो लाग्यो ?

यो पनि