जेठ ०२, २०८१, बुधबार
               

समितिले मन्त्री ढकाललाई स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छलफलका लागि बोलाउने

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताबारेमा छलफलका लागि बोलाउने भएको छ । 

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत् स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितता विषयमा छलफलका लागि समितिले मन्त्री ढकाललाई बोलाउने भएको हो । 

समितिले यसअघि मन्त्रालयले खरिद प्रक्रिया पूरा नगरिकन ओम्नी समूहमार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन सुरु गरेको थियो । यद्यपि लामो समय समितिको बैठक बस्न नसक्दा सो विषय उठ्न सकेको थिएन । 

समितिका सचिव डा. रोजनाथ पाण्डेका अनुसार लामो समय बैठक बस्न नसक्दा सो विषयमा छलफल हुन नसकेको हो । ‘अबको बैठकमा स्वास्थ्य मन्त्री ढकाललाई बोलाएर छलफल गर्ने तयारी समितिले गरेको छ,’ उनले भने, ‘समितिको बैठक लामो समय नबस्दा उजुरीको संख्या पनि बढेको छ । अहिलेसम्म एक दर्जन बढी उजुरी परेको छ ।’

विशेष गरी सार्वजनिक खरिद ऐनलाई कार्यान्वयन गर्ने शिलशिलामा भएका अनियमितताका कुराहरुलाई लिएर उजुरी परेको छ । सडक निर्माण, विद्युत प्राधिकरण मार्फत हुने ठेक्काको विषय लगायतका विषयमा उजरी परेको छ ।

यो पनि